काडमाडौं । विश्व प्रजातान्त्रिक युवा महासङ्घको २१ औं साधारण सभामा सहभागी हुन अनेरास्ववियूको केन्द्रीय टोली लेबनान प्रस्थान भएको छ । संसारभरीका झण्डै २ सय प्रगतिशील, समाजवादी संगठनहरू आवद्व वल्र्ड फेडरेसन या डेमोक्रेटिक युथ (डव्लुएफ्डिवाइ) को २१ औं जेनेरल काउन्सिल मिटिङ मध्यपुर्वी देश लेवनानको वेरूइतमा डिसेम्वर १५ देखि २० सम्म हुदैछ ।
दोस्रो विश्वयुद्ध पछि साम्राज्यवाद विरूद्ध र समाजवादको पक्षमा युवा विद्यार्थीहरूहरूको संघर्षमय अभियान स्वरूप सन् १९४५ मा वेलायतको लण्डनमा डव्लुएफ्डिवाइको स्थापना भएको थियो । एक देशले अर्को देशमाथि गरिने नाङ्गो हस्तक्षेपविरूद्व संसारभरी आनेदोलन सिर्जना गरी हरेक मुलुकको सार्वभौमिकता जोगाउन संघर्षरत संगठनमा नेपालवाट युवा संघ र अनेरास्ववियू आवद्व रहदै आएका छन् ।
यो नै संसारभरीका सामाजिक जागरणमा स्थापित संगठन मध्ये सबै भन्दा ठूलो संगठन हो । यो साधारण परिषदबाट संगठनले आफ्नो भावी कार्ययोजना, फेस्टीवलहरूको आयोजना र संगठनको सम्मेलनको मिति तय हुनेछ । नेपाली कम्युनिस्ट आन्दोलनका केही नेताहरू यो आन्दोलनबाट स्थापित भएका छन् ।
योगेन्द्र शाही, उदयराज पाण्डेय लगायत केही नेताहरू नेपालबाट डव्लुएफ्डिवाइको उपाध्यक्ष समेत भइसकेका छन् । आवद्व भएदेखि निरन्तर सक्रिय सहभागीता जनाउदै आएको अनेरास्ववियूको तर्फबाट यसपटक पनि सहभागी हुन संगठनका अध्यक्ष सुदेश पराजुली, उपाध्यक्षद्वय माधव पन्त, सुदीप शर्मा र महासचिव आरती लामाको समूह लेवनान प्रस्थान गरेको छ ।
वैठकमा सहभागी नेताहरूले समग्र एसिया र नेपालको प्रगतिशील युवा विद्यार्थी आनेदोलनका चुनौती र उपलव्धीको वारेमा आफ्नो धारणा राख्दै विश्वको प्रगतिशील युवा विद्यार्थी आन्दोलनको आगामी कार्यभारको बारेमा वृहत छलफलमा सगभागी हुने अनेरास्ववियूका केन्द्रीय उपाध्यक्ष माधव पन्तले बताए ।