February 26, 2024, Monday
२०८० फाल्गुन १४
1:37:26 pm

प्रतिनिधिसभाको समानुपातिक उम्मेदवारको नाम सच्याउनुनपर्ने

980

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा अन्तर्गत दलहरुले बुझाएको समानुपातिक उम्मेदवारहरुको नाम सच्याउनु नपर्ने बतएको छ । आयोगले विवरणमा त्रुटि नरहेको भन्दै प्रतिनिधिसभाको समानुपातिकतर्फ दलहरुले पठाएको नाम सच्याउनुपर्ने नदेखिएको बताएको हो।

प्रदेशसभामा पेश गरेको नाममा भने केही त्रुटि देखिएको आयोगले जनाएको छ । अल्पसंख्यक दुई जना सिफारिस गर्नुपर्नेमा एकजना सिफारिस गरेको, मुस्लिममा १ नम्बरको सिफारिस नगरेर २ नम्बरको प्राथमिकताक्रममा रहेको व्यक्तिलाई सिफारिस गरेको, अल्पसंख्यक पुगिसकेपछि फेरि अल्पसंख्यककै समूहको व्यक्ति सिफारिस गरेको पाइएको आयोगले बताएको छ । त्यस्तै अल्पसंख्यक एक जना हुनुपर्नेमा दुई जनाको नाम सिफारिस गरेको, खस आर्यको पहिलो प्राथमिकताक्रमको सिफारिस गर्नुपर्नेमा दोस्रो प्राथमिकता क्रमको सिफारिस गरेको, ७ जना सिफारिस गर्नुपर्नेमा १० जनाको नाम सिफारिस गरेको, महिलाको नाम सिफारिस गर्नुपर्नेमा पुरुषको नाम सिफारिस गरेको पनि भेटिएको आयोगले जनाएको छ ।

आयोगका अनुसार यस्ता त्रुटि सच्याउन दलहरुलाई मंसिर २६ गते दिउँसो ४ बजेसम्मको समय दिएको छ ।

Advertisement