March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

एकीकृत समाजवादीद्वारा समानुपातिक सदस्यको नाम सिफारिस

2.2K

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले प्रदेशसभातर्फका समानुपातिक सदस्यको नाम टुङ्गो लगाएको छ ।

पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा शनिबार बसेको १३ औ स्थायी समितिको पूर्ण बैठकले निर्वाचन आयोगले तोकेर पठाएको क्लष्टरका आधारमा सदस्यको नाम छनोट गरेको पार्टीका प्रचार विभागका प्रमुख एवं उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

सिफारीस भएका समानुपातिक प्रदेश सांसदहरुमा प्रदेश १ बाट विद्या चाम्लिङ राई, मधेस प्रदेशबाट पुरुषमा रत्नेश्वर गोइत, दलितमा इश्वरीदेवी र अल्पसंख्यकमा लक्ष्मीदेवी लोहारलाई छनोट गरेको छ । त्यसैगरी वागमती प्रदेशबाट आदिवासी महिला क्लस्टरबाट ओमकुमारी श्रेष्ठ खस आर्यबाट मायादेवी शर्मालाई छनोट गरेको छ । त्यसैगरी लुम्बिनी प्रदेशबाट खसआर्यबाट भगवती अधिकारी, कर्णाली प्रदेशबाट कल्याणी खड्का र सुदूरपश्चिम प्रदेशबाट माया पन्तलाई छनोट गरेर निर्वाचन आयोगमा बुझाएको छ ।

Advertisement

सिफारिस सदस्यको नाम आजै निर्वाचन आयोगमा पठाइएको छ । सम्मानित नेता झलनाथ खनालको सहभागिता रहेको बैठकले निर्वाचनको प्रारम्भिक समीक्षा गरी आगामी पुस ५ गतेभित्रमा सबै जिल्लाको निर्वाचन विस्तृत समीक्षा प्रतिवेदन केन्द्रमा पठाउन निर्देशन समेत गरेको पार्टीका महासचिव डा.बेदुराम भुसालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।