May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

समानुपातिकतर्फ दलहरूले पाएको सिट संख्या सार्वजनिक, सबैभन्दा धेरै सिट एमालेलाई

1.2K

काठमाडौं । मंसिर ४ गते भएको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ दलहरूले पाएको अन्तिम सिट संख्या सार्वजनिक भएको छ । निर्वाचन आयोगले बुधबार दिउँसो सार्वजनिक गरेको विवरणअनुसार प्रतिनिधि र प्रदेश सभा समानुपातिकतर्फ सबैभन्दा धेरै सिट नेकपा एमालेले पाएको छ ।

एमालेले प्रदेश सभामा ७० सहित १०४ सिट पाएको भने प्रतिनिधि सभामा ३४ सिट पाएको छ । दोस्रो स्थानमा रहको नेपाली काँग्रेसले प्रतिनिधि सभामा ३२ सिट पाएको छ भने प्रदेश सभामा ६४ सिट पाएको छ । यस्तै नेकपा माओवादी केन्द्रले प्रतिनिधि सभामा १४ र प्रदेश सभामा २९ सहित ४३ सिट पाएको छ ।

त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभा १३ सिट पाएको छ । प्रदेश सभामा भने रास्वपाले उम्मेदवारी दिएको थिएन ।

Advertisement

नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभा तीन प्रतिशतको थ्रेसहोल्ड कटाउन सकेन । विभिन्न प्रदेश सभाहरूमा भने ९ सिट पाएको छ ।