May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

माधव नेपाल र नवनियुक्त अमेरिकी राजदूतबीच भेट

1.9K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका नवनियुक्त राजदूतले शिष्टाचार भेटघाट गरेका छन् । महामहिम डीन आर थम्पसनले नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा पुगेर नेपालसँग भेट गरेका हुन् ।

भेटघाटमा अध्यक्ष नेपालले राजदूतलाई पार्टी केन्द्रीय कार्यालयमा हार्दिक स्वागत गर्दै कार्यकाल सफलताको कामनासहित नेपाल अमेरिका सम्बन्धका विविध विषयमा कुराकानी भएको अध्यक्ष नेपालको सचिवालयले जनाएको छ ।

Advertisement