May 27, 2024, Monday
२०८१ जेष्ठ १५
1:37:26 pm

सिके राउत र नेता प्रभु साहबीच भेटवार्ता

2.9K

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत र नेता प्रभु साहबीच भेटवार्ता भएको छ । दुईबीच आइतबार भेटवार्ता भएको हो ।

सप्तरी–२ बाट निर्वाचित भएका राउत र रौतहट–३ बाट निर्वाचित साहबीच भएको भेटवार्ता बारे साहले सामाजिक सञ्जालमार्फत् जानकारी गराएका हुन् । उनले आफूहरूबीच समसमायिक राजनीतिक विषयमा छलफल भएको उल्लेख गरेका छन् ।

साहले एमालेले दिएको टिकट छाडेर स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचनमा लडेका थिए । उनलाई गठबन्धनको सहयोग थियो ।

Advertisement