May 30, 2024, Thursday
२०८१ जेष्ठ १७
1:37:26 pm

निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान

1.7K

काठमाडौं । मंसिर ४ मा भएको आम निर्वाचनपछि सत्ता गठबन्धनको पहिलो बैठक आह्वान भएको छ । बैठक सोमबार दिउँसो ३ बजेका लागि तय गरिएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको गठबन्धनको बैठकमा चुनावको समीक्षा, नयाँ सरकार गठन, महत्वपूर्ण पदहरुमा भागबण्डा लगायतका विषयमा छलफल सुरु हुने बताइएको छ ।

माओवादीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै महासचिव देव गुरुङले गठबन्धनको बैठक तय भएको जानकारी दिएका हुन् ।

Advertisement