May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

एकीकृत समाजवादी र मा‍ओवादी केन्द्र बीच एकता हुने समाचार निराधार : डा.भुसाल

1.6K

काठमाडौं । नेकपा(एकीकृत समाजवादी) ले पछिल्लो केही दिनदेखि विभिन्न सञ्चार माध्यममा एकीकृत समाजवादी र नेकपा मा‍ओवादी केन्द्र बीच एकता हुने समाचार आइरहेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एकीकृत समाजवादीका महासचिव डा.भेदुराम भुसालद्वारा हस्ताक्षिरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘एकीकृत समाजवादी र माओवादी केन्द्र बीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको र स्पष्ट पार्न चाहन्छौ कि यो प्रचार पूर्णतः निराधार हो, यसमा कुनै सत्यता छैन।’

Advertisement