काठमाडौं । उदयपुरमा प्रतिनिधि सभा प्रत्यक्षतर्फको मतगणना रोकिएको छ । प्रतिनिधि सभाको मतपत्र रहेको पेटिकामा प्रदेश सभाको मतपत्र फेला परेपछि मतगणना रोकिएको हो ।
मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीका अनुसार सर्वपक्षीय बैठक राखिएको छ । उक्त बैठकमा छलफल गरेपछि मतगणना सुचारु गरिनेछ ।
उदयपुर क्षेत्र नम्बर १ मा अहिलेसम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसका उम्मेदवार नारायण खड्का २१ हजार ८ सय ३३ मतसहित अघि छन् भने एमालेकी मन्जुकुमारी चौधरी २० हजार १ सय २० मत प्राप्त गरेकी छन् ।