January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

रूपन्देही ३ बाट दीपक बोहोरा विजयी, गृहमन्त्री खाँण पराजित

1.6K

काठमाडौं । रूपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार दीपक बोहोरा विजयी भएका छन् । नेपाली कांंग्रेसका उम्मेदवार तथा गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित भए । खाँण २ हजार ६८१ मतान्तरले पराजित भएका हुन् ।

बोहोराले ३६ हजार ६ सय ४८ मत प्राप्त गर्नुभएको छ भने खाँणले ३४ हजार ६ मत प्राप्त गरेका छन् । खाँण सत्ता गठबन्धनका संयुक्त उम्मेदवार हुन् भने बोहरालाई एमाले र जसपाकोसमेत साथ रहेको थियो ।

गृहमन्त्री निर्वाचनमा पराजित हुने घटना विरलै हुन्छन् । यसअघि २०६४ सालको संविधान सभाको निर्वाचनमा तत्कालीन गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला पराजित भएका थिए ।

Advertisement