March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

तेह्रथुमबाट काँग्रेसकी सीता गुरुङ विजयी

1.6K

काठमाडौं । तेह्रथुमबाट प्रतिनिधि सभा सदस्यमा नेपाली काँग्रेसकी सीता गुरुङ विजयी भएकी छन् । नेकपा एमालेका विजय सुब्बालाई १ हजार ७९ मतान्तरले पछि पार्दै गुरुङ निर्वाचित भएकी हुन् ।

मतपरिणाम अनुसार गुरुङले १९ हजार ७ सय २ मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी सुब्बाले १८ हजार ६ सय २३ मत प्राप्त गरेका छन् ।

गुरुङ २०७४ सालको संसदीय चुनावमा एमालेका भवानी खापुङसँग २ हजार २१ मतले पराजित भएकी थिइन् भने सुब्बा २०४८  र २०५६ को चुनावमा निर्वाचित भएका थिए ।

Advertisement

त्यस्तै प्रदेशसभातर्फ भने (क) मा नेकपा एमालेका किशोरचन्द्र दुलाल र प्रदेशसभा (ख) मा नेकपा माओवादी केन्द्रका दुर्गाप्रसाद चापागाई विजयी भएका छन् ।