March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

नेकपा एसबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित १० नेताहरु

1.2K

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा १० सिटमा जित हात पारेको छ । एमालेबाट विभाजित भई बनेको नयाँ नयाँ पार्टीका अध्यक्ष माधवकुमार नेपालसहित १० जना उम्मेदवार विजयी भएका हुन्।

पार्टी अध्यक्ष नेपाल रौतहट–१ बाट निर्वाचित भएका छन् भने श्रममन्त्रीसमेत रहेका शेरबहादुर कुँवर अछाम–१ बाट, पूर्वमन्त्रीसमेत रहेका प्रेमबहादुर आले डोटीबाट, कृष्णकुमार श्रेष्ठ बारा–४ र उपाध्यक्षसमेत रहेका वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डे धादिङ–१ बाट निर्वाचित भएका छन् ।

सहरी विकासमन्त्रीसमेत रहेका मेटमणि चौधरीले एमालेकी शान्ता चौधरीलाई पराजित गरेका छन् । त्यस्तै डोल्पाबाट धनबहादुर बुढा निर्वाचित भएका छन् । दैलेख–१ बाट अम्मरबहादुर थापा निर्वाचित भएका छन् । सल्यान–१ बाट प्रकाश ज्वाला निर्वाचित भएका छन् भने बझाङबाट भानुभक्त जोशी निर्वाचित भएका छन् ।

Advertisement