March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

झापा १ बाट १ ४ हजार बढी मतान्तरले काँग्रेसका विश्वप्रकाश शर्मा विजयी

1.4K

दमक । झापा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा विजयी भएका छन् । एमालेका उम्मेदवार अग्नि खरेललाई पराजित गर्दै शर्मा निर्वाचित भएका हुन् ।

शर्माले १४ हजार २७५ को भारी मतान्तरले विजय निकालेका हुन् । मतपरिणाम अनुसार शर्माले ३९ हजार ६२४ मत प्राप्त गर्दा उनका प्रतिष्पर्धि नेकपा एमालेका अग्नि खरेलले २५ हजार ३४९ मत प्राप्त गरेका छन् ।

तेस्रोपटकको प्रयासमा विजय निकालेका शर्माले यसअघि दुईपटक पराजय व्यहोरेका थिए ।

Advertisement