July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका गोकर्ण बिष्ट निर्वाचित

2.6K

गुल्मी । गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण बिष्ट निर्वाचित भएका छन् । बिष्टले नेकपा एकीकृत समाजवादीकी रामकुमारी झाँक्रीलाई हराउँदै तेस्रोपटक निर्वाचित भएका हुन् ।

बिष्टले २०३४ मतको अग्रतासहित जित हात पारेका हुन् । बिष्टले २८ हजार ४७६ मत पाउँदा झाँक्रीले २६ हजार ४४२ मत पाइन् ।
निर्वाचन आयोगबाट आधिकारिक घोषणा हुन भने बाँकी छ ।

बिष्टले २७० र २०७४ को चुनाव पनि जितेका थिए ।

Advertisement