काठमाडौं । चितवन निर्वाचन क्षेत्र २ मा राष्ट्रिय स्वतन्त्र पार्टीले लगातार अग्रता लिएको छ ।
राति १० बजेसम्मको मत गणनाअनुसाररास्वपाका सभापति रवि लामिछानेले ७ हजार ७९७ मत ल्याएका छन् । नेकपा एमालेका कृष्णभक्त पोखरेल ४ हजार ९५६ मत ल्याएका छन् ।
नेपाली कांग्रेसका उमेश श्रेष्ठले ४,६०७ मत ल्याएका छन् । रवि दोस्रो स्थानका पोखरेलभन्दा २,८४१ मतले अगाडि छन् ।