ताप्लेजुङ । एमाले सचिव योगेश कुमार भट्टराईलाई पछिपार्दै लोकतान्त्रिक गठवन्धनबाट माओवादीका उम्मेद्वार खेलप्रसाद बुढाक्षेत्री(पराग)ले अग्रता लिएका छन् ।
४८ हजार ३ सय ७२ मध्ये ४ हजार १ सय २१ मत गणना गर्दा बुढाक्षेत्रीले ५ सय ५६ मतले अग्रता लिएका हुन् । बुढाक्षेत्रीले २१ सय ६१ मत प्राप्त गरेका हुन । भट्टराईको १६ सय ५ मत छ ।
अहिलेसम्म फक्ताङलुङ गाउपालिका ७ ओलाङचुङ गोला, लेलेप, खेजेनिम, सिरिजंगाको तेल्लोक, पाथीभरा याङवरक ४ डुम्रिसे को गणना भइसकेको छ ।