March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीको अग्रता

2.1K

विराटनगर । भोजपुरमा माओवादी केन्द्रका सुदन किरातीले अग्रता लिएका छन् । उनले नेकपा एमालेका शेरधन राईलाई पछि पार्दै अग्रता लिएका हुन् ।

किरातीले एक हजार ५४१ मत ल्याएका छन् भने राईले एक हजार ८५ मत प्राप्त गरेका छन् ।

अघिल्लो निर्वाचनमा यो क्षेत्रबाट माओवादीका किराती नै निर्वाचित भएका थिए । २०६४ मा पनि सुदनले शेरधनलाई नै हराएर निर्वाचन जितेका थिए । २०७० को निर्वाचनमा शेरधनले सुदनलाई हराएका थिए । २०७४ को चुनावमा भने किराती प्रतिनिधि सभा र राई प्रदेश सभामा उम्मेदवार बनेका थिए । उनीहरू दुबै जना विजयी भएका थिए ।

Advertisement