काठमाडौं । सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका डा.सीके राउतले अग्रता कायम राखेका छन् ।
राउतले ३ हजार ९७५ मत ल्याउँदा जसपा अध्यक्ष उपेन्द्र यादवले १ हजार ७१६ मत ल्याएका छन् ।
त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले ९१३ मत ल्याएका छन् ।