इलाम । इलाम क्षेत्र नं १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई शुरुवाती मत परिणाममा धक्का लागेको छ । उनका प्रतिस्पर्धी नेकपा एमालेका महेश बस्नेतले अग्रता लिएका छन् ।
प्रारम्भिक मत परिणाम सार्वजनिक हुँदा बस्नेतले १ हजार २ सय ५८ मत प्राप्त गरेका छन् । खनालले १ हजार ४१ मत प्राप्त गरे । मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले १ सय ९६, राष्ट्रिय प्रजातन्त्र पार्टीका तोयानाथ सापकोटाले ३५, जनता समाजवादीका कमल कुमार राईले २० मत पाएका छन् ।
माछा चिन्ह लिएका स्वतन्त्र उम्मेदवार विक्रम पाण्डेले २३ र क्रस खुकुरी चिन्ह लिएका निमा तेन्जिङ शेर्पाले १५ मत पाएका छन् । कांग्रेस विपिका गणेश प्रसाद पौडेल ८ मत, राष्ट्रिय जनमुक्ति पार्टीका पदमबहादुर लिम्बु ४, संघीय लिम्बुवान राष्ट्रिय मञ्चका जीतकुमार मुखियाले २ मत पाएका छन् ।
मुढा चिन्ह लिएका स्वतन्त्र उम्मेदवार नेत्र रेग्मीले मत पाएका छैनन् । पहिलो चरणमा २ हजार ६ सय ८९ मत गणना हुँदा २ हजार ६ सय २ मत सदर भएको छ । ८७ मत बदर भएको जनाइएको छ ।