March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

इलाम २ मा कांग्रेसका डम्बर खड्काको अग्रता, सुवास नेम्वाङ पछ्याउँदै

1.3K

इलाम । इलाम क्षेत्र नम्बर २ मा मत गणना शुरु भएको छ । प्रारम्भिक परिणाम अनुसार नेकपा एमालेका उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्बाङ पछि परेका छन् ।

उनी ६६ मत अन्तरले पछि परेका छन् । गठबन्धनतर्फबाट नेपाली कांग्रेसमा उम्मेद्धार डम्बर खड्काले ३४२ मत ल्याउँदा नेम्बाङले २७६ मत प्राप्त गरेका हुन् ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका गणेशप्रसाद दुलालले चार मत र जनता समाजवादी पार्टीका याम प्रसाद लिम्बूले ३ मत प्राप्त गरेका छन् । छ सय ६६८ मत गणना सम्पन्न भइसकेको छ । यो पहिलो अर्थात प्रारम्भिक मत परिणाम हो ।

Advertisement