April 17, 2025, Thursday
२०८२ बैशाख ५
1:37:26 pm

चितवन २ मा मत गणना शुरु, एमालेका पोखरेलको अग्रता, रवि तेस्रो स्थानमा

1.2K

चितवन । चितवन क्षेत्र नम्बर २ मा पनि मत गणना सुरु भएको छ । प्रतिनिधि तथा प्रदेश सभा दुवैको प्रत्येक्षतर्फको मत गणना सुरु गरिएको हो ।

प्रतिनिधि सभाको दुई ठाउँ र प्रदेश सभाको एकरएक ठाउँमा मत गणना भइरहेको छ । यस क्षेत्रमा ६७.३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार २१४ मतदाता रहेका छन् ।

यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, कांग्रेसका उमेश श्रेष्ठ, एमालेका कृष्णभक्त पोखरेल, राप्रपाका रविन अधिकारी, जनता समाजवादीका मुस्तफा अली प्रतिस्पर्धी छन् । प्रारम्भिक परिणाम अनुसार एमालेका पोखरेलको २०७, कांग्रेसका श्रेष्ठ १२६, लामिछानेको ३२ आएको छ ।

Advertisement