March 2, 2024, Saturday
२०८० फाल्गुन १९
1:37:26 pm

मोरङ ६ मा शेखर कोइरालाको अग्रता

985

काठमाडौं । मोरङ ६ मा मतगणना सुरू भएको छ । अहिलेसम्म २०० मत गणना गर्दा नेपाली काँग्रेसका उम्मेदवार शेखर कोइरालाले सुरुवाती अग्रता लिएका छन् ।

शेखरले ७६ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवार लालबाबु पण्डितले शेखरलाई पछ्याइरहेका छन् । उनले ५९ मत ल्याएका छन् । मतगणना जारी छ ।

नेपाली काँग्रेसले प्रतिनिधिसभा सदस्यमा खाता खोलिसकेको छ । मुस्ताङबाट काँग्रेसका उम्मेदवार २९ वर्षीय योगेश गौचन थकाली निर्वाचित भएसँगै काँग्रेसले खाता खोलेको हो ।

Advertisement

अहिले सम्मको मतपरिणाम अनुसार नेपाली काँग्रेसले १२ ठाउँमा अग्रता लिएको छ भने नेकपा एमालेले १४ ठाउँमा अग्रता लिएको छ । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीले ५, राष्ट्रिय प्रजातन्त्र पार्टी ३, नागरिक उन्मुक्ति पार्टी ३ र अन्यले २ ठाउँमा अग्रता लिएको छ ।