March 4, 2024, Monday
२०८० फाल्गुन २२
1:37:26 pm

देशभर ४६ प्रतिशत मतदान सम्पन्न

945

काठमाडौं । हालसम्म देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको छ । गृहसचिव विनोदप्रकाश सिंहले
आइतबार दिउँसो काठमाडौं उपत्यकाका विभिन्न मतदान स्थलको अवलोकन गर्दै देशभर ४६ प्रतिशतसम्म मतदान सम्पन्न भएको बताए ।

सिंहले अहिलेसम्म शान्तिपूर्ण र व्यवस्थित रुपमा मतदान भइरहेको बताए । उनले मतदान कार्य रोकिएका ठाउँमा पनि मतदान पुनः सुरु गराउन पहल गरिरहेको र कतिपय स्थानमा पुनः सुरु भइसकेको बताए ।

निर्वाचन सामग्री, निर्वाचन कर्मचारी, मतदाताहरु र उम्मेदवारलाई कुनैपनि किसिमको भौतिक क्षति अहिलेसम्म नपुगेको बताउदै उनले मतपेटिका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको पनि बताए।

Advertisement

सिंहले भने, ‘४६ प्रतिशतसम्म मतदान भएको भन्ने जानकारी आएको छ । मतपेटीका ढुवानीका लागि आवश्यक्ता अनुसारका सवारीसाधन तैनाथ राखिएको छ ।’