March 5, 2024, Tuesday
२०८० फाल्गुन २२
1:37:26 pm

मतदान केन्द्रमा हवाई फायर

1.2K

काठमाडौं । दार्चुलाको शैल्यशिखर नगरपालिका ५ मालिकार्जुन मावि ग्वानी बगौरा मतदान केन्द्रमा हवाई फायर भएपछि मतदान रोकिएको छ ।

मतहाल्न पुगेका एक जना मतदाताको मत पहिल्यै अरुले हालेको पाएपछि भएको समान्य विवादका क्रममा प्रहरीले सम्झाउने क्रममा एक जना महिलाको टाउकोमा लठ्ठीले लागेको थियो ।


त्यसपछि स्थानीयबासिन्दाले आक्रोशित हुँदै ढुंगामुठा गर्न थालेपछि ३ राउण्ड हवाई फायर गर्नु परेको प्रहरीले जनाएको छ । हवाई फायर पछि रोकिएको मतदान सञ्चालनका लागि पहल भइरहेको छ ।

Advertisement

यस्तै, रौतहट, सिराहा, चितवन, दोलखा र बाजुरामा पनि गोली चलेको प्रहरीले जनाएको छ ।