February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

रामचन्द्र पौडेलको प्रधानमन्त्री बन्ने सपना पूरा हुने प्रचण्डको संकेत

२०७९ कार्तिक २८

2.9K

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रधानमन्त्री बन्ने इच्छा पुरा हुने संभावना बढेको बताएका छन् ।

तनहुँमा आयोजित चुनावी कार्यक्रममा सम्बोधन गर्दै अध्यक्ष दाहालले केपी ओलीले संसद विघटन गरेपछि अहिलेको पाँच दलिय गठबन्धन बनाउन रामचन्द्र पौडेलले ठूलो भूमिका निर्माण गरेकाले उहाँ आगामी निर्वाचनपछि देशको कार्यकारी प्रमुख बन्ने संभावना बढेको बताए ।

उनले भने, ‘पौडेलजी गठबन्धन निर्माण गर्ने नेता हो । उहाँको एकपटक देशको कार्यकारी प्रमुख बन्ने इच्छा छ । त्यो संभावना बढ्यो । तपाईहरुले थोरै मतले जिताउनुभयो भने त्यो संभावना कम हुन सक्छ । त्यसकारणले पौडेलजीलाई अत्याधिक बहुमतले जिताएर पठाउनुहोस ।’

Advertisement

दाहालले आफु गोर्खाबाट आफु उमेदवार भएको, तनहुँबाट पौडेल र लम्जुङबाट माओवादीका महासचिव देव गुरुङ उमेदवार भएकाले यो क्षेत्रको विकासमा एकिकृत ढंगले लाग्ने बताए । दाहालले केपी ओलीले दुई दुई पटक संसद विघटन गरेर जनतासंग फेरि भोट माग्ने हैसियत गुमाएको बताए ।