January 27, 2022, Thursday
२०७८ माघ १३
1:37:26 pm

मन्त्रिपरिषद विस्तारविरुद्धको रिट ईश्वर खतिवडाको इजलासमा पेशी तोकियो

555

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटनपछि गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध दायर भएका रिटहरु न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा पेशी तोकिएको छ। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले खतिवडाको एकल इजलासमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, लोकेन्द्र ओलीसहितले दायर गरेको रिटको पेशी तोकेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन  गरेपछि गत शुक्रवार मन्त्रिपरिषद् विस्तार गर्दै ९ मन्त्री थपेका थिए। यसअघि राजीनामा दिएका पाँच मन्त्रीहरुको स्थानमा उनले पूर्वमाओवादीनिकट केही व्यक्तिहरुलाई जिम्मेवारी दिएका थिए। लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरुलाई सपथ गराउँदै नियुक्त गरेकी थिइन्।

निर्वाचन घोषणा गरेको र प्रतिनिधि सभा सदस्य नभएको अवस्थामा प्रधानमन्त्रीले मन्त्रिपरिषद विस्तार गर्न नमिल्ने कानुनविदहरुले बताउँदै आएका छन्। तर ओलीले आफू बहुमतको प्रधानमन्त्री भएको र पदबाट राजीनामा नदिएकाले विस्तार गर्न मिल्ने जिकीर गर्दै विस्तार गरेका थिए। हालसम्म राष्ट्रपति कार्यालयले पनि काम चलाउ भएको पत्र नदिएको भन्दै उनले आफूलाई पूर्णकालीन प्रधानमन्त्रीको रुपमा पेश गरेपछि त्यसविरुद्ध सर्वोच्चमा रिट निवेदन दर्ता भएको हो।

Advertisement