April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित

2.4K

काठमाडौं । एकीकृत समाजवादीका नेता राजु गुरुङको रिटमाथिको सुनुवाइ स्थगित भएको छ । प्रतिनिधिसभा सदस्यका लागि आफ्नो उम्मेदवारी कायम गराउन विहीबार सर्वोच्च अदालतमा दिइएको रिट शुक्रबार सर्वोच्चका न्यायाधीश हरिप्रसाद फुयालको इजलासमा पेसी चढेको थियो ।

एकीकृत सजावादीका नेता गुरुङकले रुपन्देही निर्वाचन क्षेत्र नं २ बाट सत्ता गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका दिए । तर गुरुङ कालोसूचीमा रहेको भन्दै निर्वाचन अधिकृतको कार्यालयले मनोनयन खारेज गरिदिएको थियो ।

सोही निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका ‘हाम्रो नेपाली पार्टी’का तर्फबाट उम्मेदवारी दर्ता गरेका डा. कमल भुसाल (निकोलस)को पनि उम्मेदवारी आयोगले खारेज गरिदिएको छ ।

Advertisement