April 12, 2024, Friday
२०८१ बैशाख १
1:37:26 pm

प्रदीप पौडेलको विजयको लागि बालेन र सुनिताको शुभकामना

2.9K

काठमाडौं । काठमाडौं महानगपालिकाका मेयर बालेन्द्र साह र उपमेयर सुनिता डंगोलले सत्तारुढ दल नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेललाई चुनाव जित्नको लागि अग्रिम शुभकामना दिएका छन् ।

सोमबार हाँडी गाउँको जात्राको क्रममा पौडलसँग भएको भेटमा साह र डंगोलले पौडेलको काठमाडौंबाट चनाव लड्ने निर्णयको स्वागत गर्दै विजयको लागि अग्रिम शुभकामना दिएका हुन् ।

काँग्रेस नेता पौडेल काँग्रेसको १४औं महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेका थिए । उनी यसपटक काठमाडौं–५ बाट चुनाव लड्ने भएका छन् । पौडेलको तनहुँ–२ बाट चुनाव लड्ने चर्चा चले पनि उनलाई अन्तिम समयमा काठमाडौं–५ को टिकट दिइएको थियो ।

Advertisement

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत रहेका पौडेलको संघीय संसदका लागि यो पहिलो प्रतिस्पर्धा हो ।