April 24, 2024, Wednesday
२०८१ बैशाख १३
1:37:26 pm

गठबन्धनमा बढी जिम्मेवारी, इमानदारिता संस्कार संस्कृति नेपाली काँग्रेसमा हुनुपर्छः सुदेश पराजुली

1.9K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले गठबन्धनमा कसैले दम्भ नदेखाउन आग्रह गरेका छन् ।

सत्ता गठबन्धनसहित चुनावमा होमिएको बेलामा कसैले दम्भ देखाउन नहुने भन्दै अनेरास्ववियूका अध्यक्ष नेता पराजुलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ठूलो पार्टी दल हुँ भन्नेले ठूलै इमानदारिता, फराकिलो मान्यता, दृष्टिकोण र सहज सहकार्यको अनुभूति दिलाउन सक्नुपर्छ । सत्ता गठबन्धनमा सबैभन्दा बढी जिम्मेवारी, इमानदारिता गठबन्धनको संस्कार संस्कृति नेपाली कांग्रेसमा हुनुपर्दछ ।’

उम्मेदवारी दर्तासम्म सहकार्यको बेइमानी रुप काँग्रेसमा देखिएको भन्दै पराजुलीले भनेका छन्, ‘अझै समय छ, बेलैमा सोच्नु नै नेपाली काँग्रेसका लागि हितकर छ । कुनै दल ठूलो हुनु र सानो हुनु यो नियमित प्रकिया जस्तै हो । अघिल्लो चुनावको नजिरलाई हेर्दा पनि हुन्छ ।’

Advertisement

दम्भ, अंहकार र घमण्डले नै समाप्तिको दिशातिर लैजाने भन्दै पराजुलीले ‘वास्तविक धरातलको सम्मानका साथ सत्ता गठबन्धनमा अघि बढौँ । सबैलाई चेताना भया, राजनीतिक स्थिरता नेपाली राजनीतिको अपरिहार्यता हो ।’, भनेका छन् ।