पाँचथर । प्रतिनिधि सभा सदस्यका लागि एउटा मात्रै निर्वाचन क्षेत्र रहेको पाँचथरमा १५ जनाले उम्मेद्वारी दर्ता गराएका छन् । दर्ता गराएको १५ मध्ये ४ जना स्वतन्त्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रतिनिधि सभा सदस्यका लागि यस जिल्लाबाट काँग्रेसका केन्द्रीय सह महामन्त्री भीष्मराज आङदेम्वे, एमालेका केन्द्रीय सदस्य तथा पूर्व मन्त्री वसन्तकुमार नेम्वाङ, नेकपा मालेका पोलिटब्युरो सदस्य दिनानाथ घिमिरे, संघीय लोकतान्त्रिक मञ्चका जसवहादुर योङहाङ, जनता समाजवादी पार्टीका प्रेमराज लावती, राप्रपाका कमलबहादुर चेम्जोङ, राप्रपा नेपालका मदनकुमार पोखरेल,जनमुक्ती पार्र्टीका नरेन्द्र कुरुम्वाङ, जनसमाजवादी पार्टीका भिमबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्र्टीका दलप्रसाद लिङदेन, मंगोल नेशनल अर्गनाइजेसनका रामकुमार तुम्रोक र स्वतन्त्रबाट बालकृष्ण काफ्ले, लाखवहादुर पालुङवा, दलवहादुर आङदेम्वे र विष्टन लावतीको उम्मेद्वारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालय पाँचथरले जनाएको छ ।
यस्तै, प्रदेश सभाका लागि प्रदेश निर्वाचन क्षेत्र ‘क’ मा नेकपा एकिकृत समाजवादीका तर्फबाट कमलप्रसाद जवेगु,द एमालेका राजकुमार भण्डारी, संघीय लोकतान्त्रिक मञ्चका सागर केरुङ, राप्रपाका ओम वजगाँई, राप्रपा नेपालका नेत्रकुमार बस्नेत, राष्ट्रिय जनमुक्ती पार्टीका दुर्गाप्रसाद साँवा, राप्रपाका ओम वजगाईँ, जनता समाजवादी पार्टीका मचिन्द्र बेघा, मंगोल नेशनल अर्गनाइजेसनका मनकुमार गुरुङ र स्वतन्त्रबाट सञ्चकुमार केरुङ र इन्दिरा धौरालीको उम्मेद्वारी परेको छ ।
यस्तै पाँचथर प्रदेश सभा ‘ख’ का लागि नेकपा माओवादी केन्द्रका इन्द्रवहादुर आङवो (मौसम) नेकपा एमालेका अइन्द्रकुमार नेम्वाङ, राप्रपाका सगुनसुन्दर लावती, राप्रपा नेपालकी चन्द्रमाया वोहोरा, जनमुक्ती पार्टीका सुर्यहाङ तुम्वापो, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका दिपेन्द्र चेम्जोङ, जनता समाजवादी पार्टीका एविराज आङदेम्बे र स्वतन्त्रबाट खड्गसुन्दर लावतीको उम्मेद्वारी परेको हो ।
जिल्लामा नेपाली काँग्रेस नेकपा माओवादी केन्द्र र नेपाल कम्युनिष्ट पार्र्टी एकीकृत समाजवादीले गठबन्धन गरेर उम्मेद्वारी दिएका हुन् ।