February 13, 2025, Thursday
२०८१ फाल्गुन २
1:37:26 pm

बर्दिया निर्वाचन क्षेत्र नम्बर– २ बाट रेशम चौधरीको मनोनयन दर्ता

1.5K

काठमाडौं । रेशम चौधरीले बर्दिया निर्वाचन क्षेत्र नम्बर– २ मा प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् । उनको मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नागरिक उन्मुक्ति पार्टीका संरक्षक चौधरीको उम्मेदवारी दर्ता वारेस प्रतिनिधि झग्गुप्रसाद चौधरीमार्फत भएको हो ।

चौधरी २०७४ को निर्वाचनमा कैलाली निर्वाचन क्षेत्र १ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा बहुमतले विजयी भएका थिए । उनी त्यो बेला जनता समाजवादी पार्टीबाट चुनावमा लडेका थिए । अहिले उनले आफ्नो संरक्षकमा श्रीमती अध्यक्ष हुनेगरी नागरिक उन्मुक्ति पार्टी खोलेका छन् ।

यो पटक उनी नागरिक उन्मुक्ति पार्टीबाट बर्दियामा चुनाव लड्दै छन् । कैलाली क्षेत्र नम्बर १ मा उनकी श्रीमती रञ्जिता श्रेष्ठले प्रतिनिधि सभा सदस्य तर्फ चुनाव लड्ने भएकी छिन् ।

Advertisement

टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलले दोषी ठहर गरेपछि हाल जेल जीवन बिताइरहेका चौधरीको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ ।