April 13, 2024, Saturday
२०८१ बैशाख १
1:37:26 pm

गोरखा २ बाट प्रचण्डको उम्मेदवारी दर्ता

1.3K

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गोरखा २ बाट प्रतिनिधिसभाको लागि उम्मेदवारी दर्ता गराएका छन् । दाहालले आज अपरान्ह मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर मनोनयन दर्ता गराएका हुन् ।

नेपाल समाजवादी पार्टी नेपाल (नेसपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठसँगै गोरखा पुगेका दाहालको मनोनयन दर्ता गर्न जाने क्रममा माओवादीका नेता तथा कार्यकर्ताहरुको ठूलो भीड लागेको थियो ।

गोरखा क्षेत्र नम्ब्र २ मा दाहाललाई सत्ता गठबन्धनको साथ छ ।

Advertisement