January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

माधव नेपालद्वारा रौतहट- १ मा मनोनयन दर्ता

1.8K

रौतहट । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रतिनिधिसभा सदस्यमा रौतहट निर्वाचन क्षेत्र नम्बर १ बाट मनोनयन दर्ता गराएका छन् । नेपालले रौतहट– १ बाट सत्तारुढ गठबन्धनको सहयोगमा उम्मेदवारी दर्ता गराएका हुन् ।

जुलुस, झन्डा केही पनि नलिइकन सीमित कार्यकर्ता लिएर मनोनयन दर्ता गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय गौर नगरपालिका पुगेका नेपालले आफूले ठूलो जुलुससहित मनोनयन दर्ता गर्न जान चाहेको तर निर्वाचन आयोगले जारी गरेको आचारसंहिताका कारण त्यस्तो गर्न सम्भव नभएको मनोनयन दर्ता गर्न जानुअघि कार्यकर्ता भेलामा नेपालले बताएका छन् ।

Advertisement