January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

कार्यकर्तालाई चुनावको तयारीमा लाग्न नेता लम्सालको निर्देशन

1.4K

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा बागमती प्रदेशका सचिव लक्ष्मण लम्सालले कार्यकर्तालाई चुनावको तयारीमा लाग्न आग्रह गरेका छन् । नेकपा एकीकृत समाजवादी भुम्लु गाउँपालिका कमिटीले काठमाडौंको जडिबुटीमा आयोजना गरेको विजयादशमी तथा दीपावलीको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै नेता लम्सालले आगामी मङ्सिरमा हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका लागि सक्रिय भएर लाग्न आग्रह गरेका हुन् ।

नेता लम्सालले सम्पूर्ण भुम्लु वासी दाजुभाइ, दिदीबहिनी तथा नेता–कार्यकर्ताहरुलाई २०७९ सालको विजया दशमी तथा दिपावलीको शुभकामना दिँदै दशैँका अवसरमा गाउँघरमा जमघट हुने भएकाले चुनावी अभियानलाई पनि समेट्ने गरी भेला, छलफल र अन्तरक्रिया गर्ने उचित समय भएको पनि बताए ।

‘घर बाहिर रहेका युवाहरू पनि चाडबाडमा गाउँघर जाने गर्दछन् । त्यही मौकामा हामिले राजनीतिक सिद्धान्त, विचार र प्रतिवद्धताहरूको बारेमा प्रचारप्रसार गरी जनतालाई सुसूचित गराउनु पर्छ ।’ उनले भने, ‘भुम्लुका वडा र गाउँहरूमा हामीले विकास निर्माणका काम गरेका छौं । त्यसको प्रचारप्रसार भएको छैन, हामीले गरेका विकास निर्माणका कामको खुलेर जनतालाई भन्नु पर्नेछ । जनताको सुखदुःखमा सधैँ हाम्रो साथ रहेको छ । र , आगामी दिनमा पनि हाम्रो पार्टीसँगै रहने छ भन्दै विकासका योजनाहरू आवश्यकताअनुसार पूरा गर्दै जाने छौं । यस्तै कुराहरू जनतालाई बुझाउनुपर्छ ।’
कार्यक्रममा जिल्ला कमिटी सचिव गोकुल गौतमले विचलित नभइकन कम्युनिस्ट आन्दोलनमा निरन्तर लागिरहनु पर्ने बताए । ‘हामी विचलित भएर ठाउँ खाली गरिदियौं भने दक्षिणपन्थी अवसरवादीको जन्म हुनेछ । कम्युनिष्ट आन्दोलन र विचार स्खलित हुँदै जाँदा कहिलेकाहीँ फासीवादीहरूको पनि जन्म हुने सम्भावना बढ् ।’।, प्रशिक्षको क्रमको नेता गौतमले बताए ।

Advertisement

त्यस्तै जिल्ला सचिवालय समिति सदस्य तथा प्रतिनिधि सभा उमेदवार सिफारिस समितिका सचिव प्राणनाथ न्यौपानेले दक्षिणपन्थीहरूले टाउको उठाउन नसक्ने गरी निर्वाचनमा भूमिका खेल्नुपर्ने बताए । कार्यकर्ताहरूले आफ्नो विचार र उद्देश्यमा अडिग भएर समय र परिस्थितिको मूल्यांकन गर्दै अगाडि बढ्नुपर्ने उनको तर्क थियो । साथै भुम्लु वासी दाजुभाई दिदीबहिनीहरुलाई विजया दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा भुम्लु गाउँपालिका अध्यक्ष मोतीलाल तामाङ, उपाध्यक्ष कृष्णकुमार कार्की, सचिव दीपक ठकुरी लगायत नेता कार्यकर्ताहरूको बाक्लो उपस्थित रहेको थियो ।