November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

हामी एकताकै पक्षमा छौं, तर ओली सच्चिनुपर्छ : योगेश भट्टराई

2K

नेपालगञ्ज–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल पक्षका नेता योगेशकुमार भट्टराईले आफ्नो समूह अहिले पनि पार्टी एकताकै पक्षमा रहेको बताएका छन्।  त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओली सच्चिएर आउनुपर्ने उनको भनाइ छ।

प्रेस संगठन नेपालले आज नेपालगञ्जमा गरेको पत्रकार भेटघाट कार्यक्रममा सो पक्षका स्थायी कमिटी सदस्य भट्टराईले संविधानमा कहीँकतै प्रधानमन्त्रीले संसद् विघटन गर्न सक्ने व्यवस्था नभएको विचार व्यक्त गरे।

निर्वाचन अहिले मुलुकका लागि आवश्यक नभएको तर्क राख्दै पूर्वमन्त्री भट्टराईले प्रतिनिधिसभा विघटनको निर्णय सच्चिनेमा आफूहरु विश्वस्त रहेको बताए। रासस

Advertisement