February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

निर्वाचन आयोगले राजनीतिक दलहरूसँग छलफल गर्दै

1.6K

काठमाडौं । निर्वाचन आयोगले राजनीतिक दलहरूसँग आज छलफल गर्दैछ । आयोगले निर्वाचन आचारसंहिताबारे कार्यालयमा दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएको हो ।

केही दिनभित्रै निर्वाचन आचारसंहिता लागू गर्ने तयारी गरेको आयोगले दलहरूसँग छलफल गरेर आचारसंहिताको प्रभावकारी कार्यान्वयन गराउने जनाएको छ ।

आयोगका अनुसार छलफलमा प्रधानमन्त्री, गृहमन्त्रीसहित १२ राजनीतिक दलका प्रमुख तथा पदाधिकारीलाई बोलाइएको छ ।

Advertisement