February 9, 2026, Monday
२०८२ माघ २६
1:37:26 pm

वीरबहादुर बुढाथोकीको अध्यक्षतामा नेपाल मगर संघ समाजवादी गठन

1.8K

काठमाडौं । नेकपा एकीकृत समाजवादी निकट मगरहरूको तेस्रो राष्ट्रिय भेला सम्पन्न भएको छ । भेलाले वीरबहादुर बुढाथोकी मगरको अध्यक्षतामा ७७ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।

सोमबार नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगरमा भएको भेलाले संघको वरिष्ठ उपाध्यक्षमा उत्तर जर्घामगर उपाध्यक्षहरूमा उमेश रानामगर र चक्र घर्तिमगर छन् । यस्तै महिला उपाध्यक्षमा कल्पना थापामगर महासचिव अमर थापामगर उपमहासचिवमा झविलाल राहुमगर र केवी गर्जामगर सचिवमा मानवबहादुर केप्छाकी मगर, संगीता रानामगर, कुमार आलेमगर, दुर्गाबहादुर पुन मगर, भक्त आलेमगर, हरीबहादुर लुंगेली मगर, पूर्ण प्रकाश पूर्वछाने मगर, हितबहादुर रैका मगर, अंगद रानामगर किसन आले मगर रहेको उपमहासचिव झविलाल राहुमगरले जानकारी दिए ।

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पार्टीका उपमहासचिव डा. विजय पौडेल, सचिव नगेन्द्र चौधरी, पार्टीका सचिव तथा पूर्वमन्त्री रामकुमारी झाँक्री, पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री प्रेम आलेमगर, पार्टीका स्थायी कमिटी सदस्य भविसोर पराजुली, पूर्वमन्त्री तथा केन्द्रीय सदस्य किसन श्रेष्ठ, बाग्मती प्रदेशका कृषि तथा पशुपक्षी राज्यमन्त्री इन्द्रमाया गुरुङ, पूर्व लोकतान्त्रिक मगर संघका अध्यक्ष तथा पार्टीका प्यूठान जिल्ला अध्यक्ष भोजविक्रम बुढामगर, नेपाल आदिवासी जनजाति महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा घटक प्रमुख रामचन्द्र बल, महासचिव चन्द्रबहादुर तामाङ लगायतले शुभकामना राखेका थिए ।

Advertisement

वीरबहादुर बुढाथोकी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन महासचिव अमर थापा मगरले गरेका थिए ।