February 13, 2026, Friday
२०८२ फाल्गुन १
1:37:26 pm

संविधान दिवसमा ९९८ जनालाई विभूषण, सुशील कोइरालालाई नेपाल रत्न

1.5K

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गरेकी छन् ।

कोइराला नेपालको संविधान जारी गर्दा देशको प्रधानमन्त्री थिए । राष्ट्रपति भण्डारीले आज संविधान दिवसका अवसरमा अन्य विभिन्न महानुभावलाई मानपदवी अलंकार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी हुन् ।

नेपाल रत्न नेपालको सर्वोच्च मानपदवी हो । त्यसैगरी, राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने आश्रित, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ ।

Advertisement

अन्य विभिन्न ९९८ जना महानुभावलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गरेकी छन् ।