February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

१० प्लस १ प्रदेश स्थापना नभएसम्म निरन्तर रूपमा आन्दोलित हुने: जनता समाजवादी

1.6K

धरान । जनता समाजवादी पार्टी नेपालले संविधान जारि भएको दिन अशोज ३ लाई बिरोध गर्दै १० प्लस १ प्रदेशहरू स्थापना नभएसम्म निरन्तर रूपमा आन्दोलित हुने जनाएको छ ।

जनता समाजवादी पार्टी दश प्लस एकले संयुक्त रूपमा प्रेस विज्ञप्ति जारि गर्दै यो संविधानमा अझै धेरै विभेदकारी प्रावधान रहेको उल्लेख छ । संघीय लोकतान्त्रिक गणतन्त्र तथा धर्म निरपेक्षतालाई संस्थागत गर्न समेत दलहरू उदार नगरेको आरोप छ । एमाले अहिलेको व्यवस्था नै ध्वस्त गरी संघीय लोकतान्त्रिक गणतन्त्र तथा धर्म निरपेक्षतालाई समाप्त गर्ने दिशामा लागिपरेको आरोप छ । केपी ओलीले दुईदुईपटक प्रतिनिधि सभा विघटन गरि प्रतिगामी कदम चाल्नुको मुल कारण यही भएको उल्लेख छ ।

जनता समाजवादी पार्टीले संविधान जारि भएदेखि बिरोध गर्दै आईरहेको उल्लेख छ । बिज्ञप्तिमा २०२७ सालको संविधान प्रति असहमति जनाउदै आएको उल्लेख छ । तर यति गर्दा पनि सरकारले संविधान संशोधन नगरेको उल्लेख छ । बिज्ञप्तिमा तत्कालीन मुख्य दलहरुले षड्यन्त्रपुर्वक सात प्रदेश लागेको आरोप छ । जसले द्वन्द्वतिर धकेल्ने निष्कर्ष छ ।

Advertisement

जनता समाजवादी राष्ट्रिय समितिहरु पहिचानमा आधारित दश प्लस एक प्रदेश नभैन्जेलसम्म निरन्तर आन्दोलनमा लाग्ने पनि बिज्ञप्तिमा उल्लेख छ ।