November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पाँचथरमा भिष्मराज आङ्देम्बे संघीय सभाको लागि सिफारिस

4.1K

पाँचथर । संघीय सभाको लागि एकल एकमात्र प्रत्यक्ष उम्मेद्वार भिष्मराज आङ्देम्बेलाई सिफारिस गर्दै नेपाली कांग्रेस पाँचथरले उम्मेद्वारी टुङ्ग्याएको छ ।

एक संघीय निर्वाचन क्षेत्र र २ वटा प्रदेश निर्वाचन क्षेत्र रहेको पाँचथर जिल्लामा उम्मेद्वारहरुको सिफारिसको अन्तिम टुङ्गो लगाएको नेपाली कांग्रेस जिल्ला कार्यसमिति पाँचथरले जनाएको हो ।

संघीय सभाको समानुपातिकतर्फ भने सुरेन्द्र कुमार दाहाल, दुत बहादुर गुरुङ, छबि बाँस्कोटा, नीर बहादुर धमला, शान्ता बाँस्कोटा, जनिमाया थापा, गौमाया मेयोङबा, सुर्य नेम्वाङ गरी आठ जनालाई सिफारिस गरेको छ ।

Advertisement

त्यसैगरी प्रदेश सभामा ‘क’ तर्फ प्रत्यक्ष उम्मेद्वारहरु रुपनारायण जवेगु, नरेन्द्रकुमार केरुङ, भगिश्वर योङहाङ, लबदेव ढुङ्गाना छन् । समानुपातिक तर्फ महिलामा मधु जवेगु, हिमा अधिकारी, बिमला हाङसरुम्बा, कौशिला गुरुङ, ताराकुमारी योङहाङ र कल्पना थापा छन् ।

पुरुषतर्फ केदारनाथ बाँस्कोटा, ओनाहाङ नेम्बाङ, जयप्रसाद रिजाल, टेकबहादुर काम्बाङ (टेकेन्द्र), लक्ष्मी तावा, सुमन लामा, सन्तोष श्रेष्ठ, सञ्चकुमार केरुङ, गणेश थाम्सुहाङ, राजभक्त योङया, देवीप्रसाद काफ्ले, भूपेन्द्र विश्वकर्मा, रुपप्रसाद मुखिया छन् ।

प्रदेश सभा ‘ख’ को प्रत्यक्षतर्फ गंगाबहादुर आङदेम्बे, गोपालप्रसाद पोख्रेल, चन्द्रकुमार आङदेम्बे, जीतबहादुर भण्डारी (जितेन्द्र), धर्मेन्द्र बिक्रम नेम्वाङ, मुनेन्द्र बिक्रम नेम्वाङ, सन्तोषप्रकाश रिजाल, होमनाथ थापालाई सिफारिस गरेको छ ।

प्रदेश सभा ख समानुपातिकतर्फ महिलामा मैया श्रेष्ठ लावती, दलित तर्फ देवीचन्द्र पोर्तेल, अल्पसंख्यक/अपाङ्ग नवीनचन्द्र ढुङ्गेल रहेका छन् । त्यस्तै खस आर्यतर्फ निर्मल रिजाल, विपेन्द्र गौतम, सुर्यकुमार दाहाल, आदिवासी जनजातितर्फ खड्ग सुन्दर लावती, गंगामाया थेगिम, डेकेन्द्र कुमार तामाङ, तेज बहादुर चेम्जोङ, देवित्रा कुमारी आङदेम्बे, देसमाया सुहाङ (देशु), धनराज तुम्वापो, नन्दकुमार नेम्बाङ, पूर्णकुमार तुम्वापो, सुनमाया राई, हरिराज आङदेम्बे सिफारिसमा परेका छन् ।

संघीय संसदको लागि नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङदेम्बे, पार्टीका उपसभापति डेकेन्द्र चेम्जोङ, र फिदिम नगर सभापति प्रकाश गुरुङले आंकाक्षा राखेका थिए । तर जिल्ला कार्यसमिति, क्षेत्रीय समितिहरु, महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यहरुको बहुमतले सहमहामन्त्रीको जिल्लाबाट एकल नाम सिफारिस हुनुपर्ने बताएपछि संघीय संसदमा भिष्मराज आङदेम्बेको नाम मात्र सिफारिस गर्न सकेको छ ।