November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पुस १४ गते उपत्यकामा आमसभा गर्दै प्रचण्ड–नेपाल पक्ष

3.2K

काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले काठमाडौं उपत्यकामा पुस १४ गते आमसभा गर्ने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्ध प्रचण्ड–नेपाल पक्षले आमसभा गर्न लागेको हो। 

उपत्यका हुने आमसभालाई प्रचण्ड, नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठलगायत विभिन्न जनवर्गीय संगठनका नेताहरुले सम्बोधन गर्ने युवा संघ नेपालका अध्यक्ष रामप्रसाद सापकोटा‘ ‘दीपशिखा’ले बताए।  आमसभामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको विषयमा स्पष्ट पार्ने  सापकोटाले बताए।

उपत्यकासहित छिमेकी जिल्लाबाट जनतालाई बोलाएर आमसभा गर्ने तयारी गरिएको अनेरास्ववियूका सहसंयोजक रञ्जित तामाङले बताए । संसद पुनस्र्थापनाका लागि दबाब दिन ५० हजारभन्दा धेरै नेता कार्यकर्ता उतारिने उनले दाबी गरे ।

Advertisement