November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कांग्रेसको विरोध प्रदर्शन: आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुदैँ नेता

7.2K

काठमाडौं–प्रतिनिधि सभा विघटनविरुद्ध कांग्रेसले गर्ने सोमबारको विरोध प्रदर्शनमा नेताहरु आफ्नो निर्वाचन क्षेत्रमा केन्द्रित हुने भएका छन्।

केन्द्रीय कार्यसमितिको बैठकले १६५ निर्वाचन क्षेत्रमा सोमबार विरोध प्रदर्शन गर्ने निर्णय गरेको थियो। केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रको विरोध कार्यक्रममा सहभागी हुने बताइएको छ।

प्रवक्ता विश्वप्रकाश शर्मा काठमाडौं २ को विरोध प्रदर्शनमा सहभागी हुने भएका छन्। विरोध सभापछि हुने सभालाई शर्माले कोटेश्वरमा सम्वोधन गर्ने तय भएको छ। 

Advertisement

नेता गगन थापा नेपालगन्जमा हुने विरोध सभामा सहभागी हुने भएका छन्। जारी केन्द्रीय समितिको बैठकलाई बीचमै रोकेर सोमबारको विरोध प्रदर्शनमा कांग्रेस केन्द्रीत भएको छ।

पार्टीले प्रतिनिधि सभा विघटनलाई असंवैधानिक ठहर गरे पनि संसद पुनर्बहालीको माग गरेको छैन।