January 13, 2025, Monday
२०८१ माघ १
1:37:26 pm

युवा संघ नेपाल बाँके अध्यक्षमा सुनिल रसाइली निर्वाचित

1.5K

बाँके । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) निकट युवा संघ नेपाल बाँके जिल्ला सचिव सुनिल रसाइलीको अध्यक्ष एवं नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य बाँके जिल्ला इन्चार्ज अशोक कोइरालाको प्रमुख आतिथ्यमा जिल्ला समन्वय समितिको सभाहलमा युवा संघ नेपाल जिल्ला भेला सम्पन्न भएको छ ।

प्रमुख अतिथि अशोक कोइरालाले आगामी दिनहरूमा नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपालका युवाहरूलाई २५ युवा बराबर एक उद्योग स्थापना गरेर युवाहरूलाई स्वरोजगार बनाउनुका साथै बिकृती भ्रष्टाचार र लागू औषध नियन्त्रण सम्बन्धी काम गर्न निर्देशन दिदै नयाँ कमिटीलाई बधाई एवं शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेकपा एकीकृत समाजवादी बाँके जिल्ला अध्यक्ष इन्द्र बहादुर थापा युवा संघ नेपाल केन्द्रीय महासचिव दीपक जिएम सचिव सुशील भट्टराई बाँके प्रचार विभाग संयोजक करिश्मा योगी युवा संघ केन्द्रिय सचिवालय सदस्य बिनेश चन्द्र गुप्ता जिल्ला सचिवालय सदस्य रामदिप पाठक लगायत नेकपा एकीकृत समाजवादीमा आस्थावान करिब ५ सय युवाहरूको उपस्थितिमा युवा संघ नेपाल बाँके जिल्ला भेला बाट सुनिल रसाइली अध्यक्षमा निर्वाचित भएका छन् । समितिको उपाध्यक्षमा दिपेन्द्र कुवर र प्रकाश रसाइली सचिवमा वकिल कुमार यादव कोषाध्यक्ष लक्ष्मी क्षेत्री ,उप सचिव सुमन शाही ,मदन बि क र सुनिल वर्मा लगायत ३३ सदस्यीय जिल्ला कमिटी गठन भएको छ ।

Advertisement

जिल्ला इन्चार्ज केन्द्रिय सदस्य अशोक कोइरालाले शनिबार नवगठित युवा संघका पदाधिकारीहरूलाई सफत ग्रहण गराएका थिए । नवगठित युवा संघ नेपालको सम्पूर्ण टिमलाई हार्दिक बधाई ज्ञापन गरेका थिए ।

निर्वाचन गरेकोमा सम्पूर्ण टिमलाई धन्यवाद व्यक्त गर्दै युवा संघ नेपाल भनेको के हो अब देखाउने अवसर देखाउनुका साथै पार्टीको नीति विधि र विधान अनुसार सङ्गठनलाई सम्पूर्ण पालिका र वडा सम्म विस्तार गर्ने प्रतिबद्धता जाहेर गर्दै सुनिल रसाइलीले कार्यक्रम समापन गरेका थिए । कार्यक्रमको करिश्मा योगीले सञ्चालन गरेकी थिइन् ।