February 12, 2026, Thursday
२०८२ माघ २९
1:37:26 pm

विचारले सामाजिक रूपान्तरणको क्रान्ति गर्न सक्छ: सांसद विशंखे

3.2K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद पार्वती विशंखे विचारले सामाजिक रूपान्तरणको क्रान्ति गर्न सक्ने बताएकी छन् । प्रतिनिधि सभा बैठक सांसद अमृता थापाले पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा समर्थन जनाउँदै विशंखेले त्यस्ता विचारबाटै सामाजिक रकमान्तरण गर्न सक्ने महिला आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि र प्रदेश सभाको प्रत्यक्षतर्फ लड्न सक्ने बताएकी हुन् ।

उनले बुलेटसँग परेट खेल्न सक्ने महिला आगामी निर्वाचनमा प्रत्यक्षतर्फ निर्वाचित भएर कुशलतापूर्वक भूमिका निर्वाह समेत गर्न सक्ने बताएकी छन् ।

नेपालको भौगोलिक अखण्डता, स्वाभिमान र सार्वभौमसत्ताको रक्षा र लोकतन्त्र एवं नागरिक स्वतन्त्रता प्राप्तिको हरेक आन्दोलनमा नेपाली महिलाको भूमिका अग्रपङ्तिमा रहेको नकार्न नमिल्ने उल्लेख गर्दै महिलालाई विश्वास गरी महिलाको योगदानलाई सम्मान गर्दै आगामी निर्वाचनमा महिलाको अर्थपूर्ण सहभागिताका लागि प्रत्यक्ष निर्वाचन प्रणालीमा महिलाको उचित प्रतिनिधित्व गराउन सदन र राजनीतिक दलको सकारात्मक भूमिमा आवश्यक रहेको उनको भनाइ थियो ।

Advertisement

‘आगामी निर्वाचनको लागि निर्वाचन आयोगले निर्वाचन कानुन मस्यौदा तयारी गरिरहेको अवस्था छ । त्यसैले सम्मानित सदनमा अमृता थापाले प्रस्ताव गरेको ३ वटा बुँदा, एक प्रतिनिधिसभा र प्रदेश सभाको पहिलो हुने निर्वाचित हुने प्रणालीमा प्रत्येक दलले जनसङ्ख्याको आधारमा समानुपातिक समावेशी प्रतिनिधित्व बमोजिम महिलालाई उम्मेदवारी दिनुपर्ने, दुई स्थानीय तहमा प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्ष, जिल्ला समन्वय समिति प्रमुख र उपप्रमुख, वडाध्यक्षमा हरेक दलले कम्तीमा ५० प्रतिशत महिलालाई उम्मेदवारी दिने विषय समावेश गर्न र तीन स्थानीय तहको वडाको निर्वाचनमा दलितको जनसंख्या नभएको स्थानमा अल्पसंख्यक वा सीमान्तकृत समुदायका महिला वडा सदस्य उम्मेदवार बनाउन आव्हान गर्ने र त्यो पनि उम्मेदवारी दिन समय सकिएको भोलिपल्ट भन्ने सुझाव निर्वाचन आयोगलाई निर्देशन गर्न म सभामुखमार्फत नेपाल सरकारलाई अनुरोध गर्दछु ।’ उनले भनिन् ।