April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

एमालेसँग एक्लै भिड्ने काँग्रेसको हिम्मत छैन: प्रदीप ज्ञवाली

1.5K

काठमाडौं । नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले एमालेसँग एक्लै भिड्ने काँग्रेसको हिम्मत नभएको बताए । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा उनले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताएका हुन् ।

कमजोरले अरुको साथ खोज्ने तर बलियोले एक्लै लड्ने सामर्थ्य राख्ने बताउदै उनले आगामी संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेले गठबन्धन गर्ने कुरालाई प्राथमिकतामा नराखेको बताए । गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए ।

उनले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने बताए ।

Advertisement