March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

वर्तमान अवस्थामा हाम्रो कार्यभार विषयक प्रशिक्षण सम्पन्न

1.9K

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) उपत्यका विशेष प्रदेश कमिटीको आयोजनामा वर्तमान अवस्थामा हाम्रो कार्यभार विषयक प्रदेश स्तरीय एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेकपा (एकीकृत समाजवादी) का महासचिव डा. बेदुराम भुसाल, अतिथिहरूमा उप महासचिव डा. गंगालाल तुलाधर, स्थायी कमिटी सदस्य विश्व नाथ प्याकुरेल, पोलिट्ब्युरो सदस्य प्रमोद शर्मा, केन्द्रीय सदस्य मोहन गौतम, दिपक पौड्याल रहेका थिए ।

वर्तमान परिस्थितिमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी ) को भूमिका के हो भन्ने बारेमा महासचिव भुसालले प्रशिक्षकको भूमिका खेलेका थिए भने एम सिसि, नागरिकता बिधेयक र स्थानीय निर्वाचनबारे उठेको प्रश्नहरूको जवाफ दिएका थिए । अब हुने संघ र प्रदेश स्तरीय चुनाव, गठबन्धन र हाम्रो भूमिकाको बारेमा पनि विश्लेषण गरेका थिए ।

कार्यक्रममा कम्युनिष्ट पार्टीका कार्यकर्ताको कार्यशैली संगठनात्मक व्यवस्थापन र पार्टी कमिटी र पदाधिकारीहरूको दायित्व विषयमा डा.गंगालाल तुलाधरले प्रशिक्षण दिएका थिए ।

Advertisement

पार्टी महासचिव डा. बेदुराम भुसाल ।

त्यस्तै, कार्यक्रममा दक्षिणपन्थी र अवसरवाद बारेमा प्रमोद शर्माले प्रशिक्षण गरे भने उपस्थितलाई विशेष प्रदेश कमिटी उपाध्यक्ष भोला पोख्रेलले धन्यवाद दिएका थिए ।

कार्यक्रम युवा संघ उपत्यका विशेष कमिटी, विद्यार्थी उपत्यका विशेष कमिटी, महिला उपत्यका विशेष कमिटी, कर्मचारी उपत्यका विशेष कमिटी, नेपाल ट्रेड युनियन महासंघ त्यसका सम्पूर्ण घटक कमिटी र पार्टी जिल्ला कमिटी समेतको उपस्थित रहेको थियो । कार्यक्रम भव्य र सभ्य रुपमा संचालित थियो ।

प्रशिक्षण कार्यक्रम केदार प्रसाद संजेलको अध्यक्षतामा भएको थियो भने सञ्चालन नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य तथा एकीकृत ट्रेड युनियन महासङ्घका केन्द्रीय अध्यक्ष विष्णुप्रसाद लम्सालले गरेका थिए ।

कार्यक्रममा एकीकृत ट्रेड युनियन महासंघ केन्द्रीय सदस्य बज्र राइले अन्तराष्ट्रिय मजदुर गीत समेत गाएका थिए ।