March 20, 2025, Thursday
२०८१ चैत्र ७
1:37:26 pm

छिट्टै नै सिहदरबारको यात्रा तय गर्नेछौं: रबि लामिछाने

2.8K

दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले छिट्टै नै सिहदरबारको यात्रा तय गर्ने बताएका छन् । शुक्रबार दाङमा राष्ट्रिय स्वतन्त्र पार्टीको भेलालाई सम्बोधन गर्दै उनले जनताको मुद्दाहरुमा टेकेर सिहदरबारको यात्रा तय गर्ने बताएका हुन् ।

लामिछानेले नागरिकका समस्या ठूला दलहरुको मुद्दा बन्न नसकेको तर नागरिकले दैनिक जीवनमा भोगिरहेका समस्यालाई आफ्नो पार्टीले मुख्य एजेन्डा बनाएको बताउदै भने, ‘हाम्रा एजेण्डा अरु पार्टीका घोषण पत्र जस्ता छैनन् । जनता हाम्रा मालिक हुन्, उनीहरुसँग जोडिएका समस्याहरु नै हाम्रो पार्टीको मुल मुद्दा हुन् । यसबाट हामी बिचलित हुदैनौं ।’

लामिछानेले अहिलेका दलहरुले देशमा भष्टाचार बढाउने र जनतालाई मुलुक भित्रैबस्नै नसकिने स्थिति सिर्जना गरेको अरोप समेत लगाए । उनले त्यसको विकल्पमा राष्ट्रिय स्वतन्त्र पार्टी खडा भएको बताए ।

Advertisement