March 18, 2025, Tuesday
२०८१ चैत्र ६
1:37:26 pm

सत्ता गठबन्धनको बैठक आज बस्दै

2K

काठमाडौं । सत्ता गठबन्धनको बैठक आज बिहान बस्दै छ । बैठक बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।

सरकारले बिहीबारको मन्त्रिपरिषद बैठकबाट प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन आगामी मंसिर ४ गते एकै चरणमा गर्ने निर्णय गरेको थियो । निर्वाचन मिति घोषणापछि सत्ता गठबन्धनका नेताहरु पहिलोपटक बैठक बसेर छलफल गर्न लागेको हो ।

सत्ता गठबन्धनका एक नेताका अनुसार आजको बैठकमा सिट बाँडफाँट र चुनावको रणनीतिका विषयमा छलफल हुनेछ ।

Advertisement

सत्ता साझेदार दलहरुबीच स्थानीय तह निर्वाचनमा जस्तै गठबन्धन गरेर निर्वाचनमा जाने विषयमा छलफल हुँदै आएको छ । तर उनीहरुबीच सिट बाँडफाँटको विषयमा कुरा मिलिसकेको छैन ।