March 27, 2025, Thursday
२०८१ चैत्र १४
1:37:26 pm

सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न आयोग सबै ढंगले तयार रहेको निर्वाचन आयुक्तको भनाइ

2K

काठमाडौं । सरकारले घोषणा गरेको मितिमा निर्वाचन गर्न आयोग सबै ढंगले तयार रहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताएका छन् । कानुनबमोजिम १२० दिनको निर्वाचन अवधि माग गरिएको भए पनि आयोगको परामर्शमै सरकारले निर्वाचनको मिति तोकेको भन्दै चुनावका लागि आयोग सबै ढंगले तयार रहेको उबले बताएका हुन् ।

सरकारले मंसिर ४ का लागि तोकेको चुनावको मिति आकस्मिक नभएको अपेक्षित नै भएको बताउदै आयोगको परामर्शमै भएको निर्णय भएको बताए ।

उनले आयोगले पहिल्यैदेखि आन्तरिक रुपमा तयारीलाई गति दिएको भन्दै अब मिति घोषणापछि त्यसलाई औपचारिकता दिइने बताए । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले २०७९ साल मंसिर ४ गते आइतबार एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन गर्ने घोषणा गरेको छ ।

Advertisement

सरकारले तोकेको निर्वाचनको मिति आउन अब १०७ दिन बाँकी छ । जबकी कानुनले नै निर्वाचनको मिति तोक्दा मतदान हुने दिनअघि १२० दिन निर्वाचन अवधि हुनुपर्ने भनेको छ । प्रमुख निर्वाचन आयुक्त थपलियाले १०७ दिनको मात्रै अवधि हुँदा समेत आयोग निर्वाचन गराउन सक्षम र पूर्वतयार रहेको बताएका छन् ।

उनले त्यसबारे आयोगले बिहीबारै पत्रकार सम्मेलन गरेर जानकारी गराउने बताए । निर्वाचन आयोग ऐन, २०७३ को दफा २ (झ) मा निर्वाचन हुने मितिभन्दा एक सय २० दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम सार्वजनिक नभएसम्मको अवधिलाई निर्वाचन अवधि भनी परिभाषित गरेको छ ।