काठमाडौं । संघीय संसदको निर्वाचनको मितिका बारेमा छलफल गर्नका आज दिउँसो १ बजे मन्त्रिपरिषद्को बैठक बस्दैछ । आजको बैठकमा प्रतिनिधि सभा चुनावको मितिबारे निर्णय हुने संभावना रहेको जनाइएको छ ।
आजै बिहान सत्ता गठबन्धनका दलहरूको बैठक पनि बस्ने भएको छ । गठबन्धनको हिजो बसेको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले मंसिर ४ मा निर्वाचन गर्न प्रस्ताव गरेका थिए ।
गठबन्धनका अन्य दलहरूले भने पार्टीमा आन्तरिक छलफलपछि निर्णय लिने प्रस्ताव गरेपछि आज बैठक बस्न लागेको हो ।